क्यान्सर रोगविरूद्धको औषधि उत्पादन अब नेपालमै

सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्राइभेट कम्पनीले यो औषधि उत्पादन सुरु गरेको हो। आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो उत्पादन  ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरु सार्वजनिक गरेको छ। सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। टिजिगका कार्यकारी निर्देशक शैलेश…


सेतोपाटी संवाददाता

नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्राइभेट कम्पनीले यो औषधि उत्पादन सुरु गरेको हो।

आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो उत्पादन  ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरु सार्वजनिक गरेको छ। सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने यो कम्पनी नेपालकै पहिलो भएको बताए।

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन थालिएको बताउँदै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए। 

शत प्रतिशत विदेशी लगानी रहेको यस फर्माले आफ्नो स्थापना विश्व स्वास्थ्य संगठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमानुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री बितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी अघि बढेको हो। 

Link: https://www.setopati.com/kinmel/business/243629


shaping the future of healthcare

Corporate Office 

Maligaun-5, Kathmandu, 

Phone No: 01-5912699

Email: [email protected]

Factory 

Tukucha-1, Nala, Banepa, Kavre, 

Phone No: 011-411241

Email: [email protected]

© Copyright 2024 Tizig Pharma Pvt. Ltd. All rights reserved.