नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधिको माग विदेशमा

गोरखापत्र अनलाइन काठमाडौं, कात्तिक २४ गते।  नेपालको औषधि उत्पादक कम्पनी टिजिग फर्माबाट उत्पादित क्यान्सर विरुद्धको औषधिको विदेशमा माग बढ्दै गएको छ।   टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले टिजिगले उत्पादन गरेको क्यान्सर रोगको औषधिको विदेशी बजारमा माग बढ्दै गएको दाबी गर्नुभएको हो। बिहीबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभयो। भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका…


image

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २४ गते।

 नेपालको औषधि उत्पादक कम्पनी टिजिग फर्माबाट उत्पादित क्यान्सर विरुद्धको औषधिको विदेशमा माग बढ्दै गएको छ।  

टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले टिजिगले उत्पादन गरेको क्यान्सर रोगको औषधिको विदेशी बजारमा माग बढ्दै गएको दाबी गर्नुभएको हो। बिहीबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभयो।

भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीले भारतीय निकायको स्वीकृतमा फर्माले उत्पादन गरेको औषधि उपभोग गर्न थालेको वैद्यको भनाइ छ। 

उहाँले भन्नुभयो, “पछिल्लो समय भारतमा उपचार गराइरहेका क्यान्सरका बिरामीले नेपालमा बनेको औषधिको माग गर्न थालेका छन्।’’ टिजिगले नौ महिना अगाडिदेखि नेपालमा क्यान्सर रोगको औषधि उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ।  

टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तिष्क र ठूलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधि उत्पादन गरिरहेको छ। 

Read More: https://gorkhapatraonline.com/news/44055


shaping the future of healthcare

Corporate Office 

Maligaun-5, Kathmandu, 

Phone No: 01-5912699

Email: [email protected]

Factory 

Tukucha-1, Nala, Banepa, Kavre, 

Phone No: 011-411241

Email: [email protected]

© Copyright 2024 Tizig Pharma Pvt. Ltd. All rights reserved.