

काठमाडौँ — नेपालमै पहिलोपटक उत्पादन भएको क्यान्सर रोगविरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । मंगलबार टिजिग फार्माले एक औपचारिक कार्यक्रम गरी स्वदेशी तथा विदेशी बजारमा जाने तयारी भएका औषधिको सार्वजनिककरण गरेको छ ।
टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टिक्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आएको हो । योसँगै टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।
टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपालभित्रै विक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको जनाउँदै विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । कम्पनीको उत्पादन विश्वस्तरकै रहने र आफ्ना उत्पादन निर्यात हुने बलियो आधार समेत रहेको दाबी गरे ।
Read More: https://ekantipur.com/health/2022/02/16/164500965142831969.html